Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो


२ वैशाख ,रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ ।

केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का र रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुनेछ । विद्युत् प्रशारण भएसँगै आज एक कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले विद्युत् लाइनको उद्घाटन गरेका हुन् ।

विद्युत् लाइन प्रशारण भए पनि टोलटोलमा पोलमा तार राख्ने, कस्नेलगायतका काम जारी रहेको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ ।

निर्वाचन घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रिय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धता अनुसार विद्युत् विस्तारको काम भइरहेको नगर प्रमुख रवि केसीले बताए ।

वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तीव्र रुपमा चलिरहेकाले अब वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तारकार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उनले बताए ।

विद्युत्ले जनताको घर उज्यालोसँगै आर्थिक उन्नतिमा नगरपालिकालाई समेत सहयोग पुग्ने अपेक्षा रहेको नगर प्रमुख केसीको भनाइ छ । विद्युत् विस्तार भएसँगै ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर एघार सय १२ घरघरपरिवार लाभान्वित हुनेछन । विद्युत् प्राधिकरण रुकुम–पश्चिम र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत् विस्तारको काम गरिरहेका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?