Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो


२ वैशाख ,रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ ।

केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का र रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुनेछ । विद्युत् प्रशारण भएसँगै आज एक कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले विद्युत् लाइनको उद्घाटन गरेका हुन् ।

विद्युत् लाइन प्रशारण भए पनि टोलटोलमा पोलमा तार राख्ने, कस्नेलगायतका काम जारी रहेको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ ।

निर्वाचन घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रिय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धता अनुसार विद्युत् विस्तारको काम भइरहेको नगर प्रमुख रवि केसीले बताए ।

वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तीव्र रुपमा चलिरहेकाले अब वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तारकार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उनले बताए ।

विद्युत्ले जनताको घर उज्यालोसँगै आर्थिक उन्नतिमा नगरपालिकालाई समेत सहयोग पुग्ने अपेक्षा रहेको नगर प्रमुख केसीको भनाइ छ । विद्युत् विस्तार भएसँगै ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर एघार सय १२ घरघरपरिवार लाभान्वित हुनेछन । विद्युत् प्राधिकरण रुकुम–पश्चिम र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत् विस्तारको काम गरिरहेका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?