Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या


८ वैशाख ,गोरखा । गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।

स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उनले भने, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।”

स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ । नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए ।

समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?