२९ भदौ, हेटाैँडा । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक
२९ ,भाद्र ,खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ
२८ भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिए । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उहाँले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका उपाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति
२८ भदाै, झापा । दूई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका –५ मा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने
२७ भदौ, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो । विसं २०६५
२७ भदौ, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना
२७ भदौ, तनहुँ । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको
२७ भदाै, कैलाली । कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई नीजि अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ । दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बन्द गर्न भन्दै
२७ ,भाद्र ,काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म
२७ ,भाद्र ,काठमाडौँ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका