Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन : स्वास्थ्यमन्त्री बस्नेत


९ ,असोज ,कीर्तिपुर । स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय परिसरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा आजदेखि सुरु भएको पञ्चकर्म चिकित्सासम्बन्धी आधारभूत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि ठोस कार्ययोजना ल्याउनुपर्ने बताए ।

“आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । मन्त्रालय विश्वस्त हुने गरी ठोस कार्ययोजना लिएर आउनुपर्‍यो । त्यसमा मेरो सहयोग रहन्छ”, उनले भने ।

जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुनेसमेत बताउँदै मन्त्री बस्नेतले ‘साइड इफेक्ट’ नहुने आयुर्वेदिक औषधिको पहुँच बढाउनुपर्नेमा जोड दिए ।

आयुर्वेदिक महत्त्व भएका जडीबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडीबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्पन नभएको उनले स्पष्ट पारे ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउँदै पहुँचको भरमा दशकौँदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको समेत बताए ।

स्वास्थ्य बीमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै उनले स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पताललाई दिनुपर्ने सोध भर्ना दिएको बताए ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले औषधिविहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइसम्बन्धी धेरैजसो रोगको उपचार गर्न सकिने दाबी गरे ।

तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउँदै उनले उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासमा लागिपरेको बताए ।

शरीरको आवधिक शोधन रोग निवारणका लागिसमेत आवश्यक मानिने पञ्चकर्म चिकित्सामा बमन (बान्ता), विरेचन (मल उत्सर्जन), बस्ती (मलद्वारबाट औषधि प्रक्षेपण, नस्य (नाकबाट औाषधि प्रक्षेपण) र रक्त मोक्षण (शुद्धीकरण) गरी पाँच वटा विधि प्रयोग गरिन्छ ।

यसबाट शरीरमा विकारयुक्त तत्व बाहिर पठाएर उपचार गर्ने विधिलाई आयुर्वेदमा पञ्च किकित्सा भनिएको हो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत २० जना सातौँ तहका स्वास्थ्यकर्मीको सहभागिता छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?