Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

 प्रदेश सरकारले  पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा  ५० हजार बराबरको खर्च व्यहोर्ने


८ असोज, चितवन । जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने भएका छन् । सङ्घीय सरकारले दिने रु एक लाख खर्च भएपछि बिरामीले थप रु ५० हजार उपचार खर्च पाउने भएका हुन् । सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन् ।

यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार सेवा निःशुल्क पाउनेछन् । प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ । सम्झौता गरेका अस्पतालमा प्रदेशअन्तर्गतका १३ अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि रु ५० हजार बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने सम्झौता भइसकेको छ । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले क्रमशः स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने बताउनुभयो । आर्थिकरुपमा विपन्न भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि प्रदेश सरकारले सामाजिक स्वास्थ्य सुरक्षाका विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रदेश सरकारले हृदय रोगको उपचारका लागि रु एक लाख १० हजार, रगत निःशुल्क, सीमान्तकृत जातीको स्वास्थ्य बीमा, आश्रितको स्वास्थ्य बीमा, स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमालगायतका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम समेत ल्याएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?