Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे । राजनीतिक संकट र चुनौतीहरुको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरुले सार्वजनिक कार्यक्रमहरुबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ । उनले पार्टीका आन्तरिक समस्याका विषयहरुलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताउदै पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन अहिलेनिकै ठूलो संकटको अवस्थामा छ । चुनौतीको बीचमा छ । नेपालको कम्युनिष्टआन्दोलन मात्रै होइन । नेपालको राजनीति र नेपालका राजनीतक दलहरुका सामु पनि यस्तैसंकट र चुनौतीहरु छन् । चुनौती नै चुनौतीहरुको माझबाट हामी अगाडि बढिरहेका छौं। त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन । संकटकहिले आएन ? चुनौती कहिले थिएन ? चुनौती र संकटहरुलाई पन्छ्याउँदै हामीअगाडि बढिरहेका छौं । त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडिबढाउनुपर्छ । कुनैपनि नेताले जिम्मेवारी लिईसकेपछि त्यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ। जिम्मेवारी पुरा गरिएको छ कि छैन ? सोअनुसार काम गरिएको छ कि छैन भन्ने कुराकोअनुगमन पनि हुनुपर्छ । त्यसलाई प्रभावकारी बनाउन कार्यसम्पादन बुझायउने प्रणालीलाईव्यवस्थित गर्नुपर्छ । त्यसरी प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनिअगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघिलैजान सकिन्छ । काम गर्नेहरु पनि छन् । गरेर देखाइरहेका पनि छन् । काम गर्नेहरुकोप्रसंशा पनि गर्नुपर्छ ।’

पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । अध्यक्ष नेपालले पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिए ।पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनैपनि हालतमा छुट दिन नसकिने उनको भनाइ छ ।


प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?