Trending
>>   आज मिति २०८२ साल जेठ १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने


 ५ असोज ,काठमाडौं।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ ।

यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि समावेश हुनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

नेपालमा बिस्तारै जेष्ठ नागरिकको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतले उनीहरुको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले बेलैमा त्यसको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए । बस्नेतले भने, ‘ आमाबुबाले सानैमा बच्चालाई बोर्डिङ जिम्मा लगाउने र तिनै आमाबुबालाई छोराछोरीले बुढो भएपछि केयर सेन्टरमा राख्ने परिपाटी हटाउनु आवश्यक छ । ’ मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनमा संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन सरकार लागि परेको बताए । उनले भने, ‘ चिकित्सा शिक्षा ऐनमा तत्काल संसोधन गर्न नसकिए अवको ५ वर्षपछि डाक्टर र नर्स खोज्न बिदेश जानु पर्ने हुनसक्छ । ’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी पी बिच्छाले देशको जनसंख्याको कुल १० प्रतिसत जेष्ठ नागरिक भएको तथ्यांक सुनाउदै उनीहरुको स्वास्थ्य र हेरचाहका लागि राज्यले दीर्घकालिन नीति आवश्यक रहेको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकाश लामिछानेले प्रतिष्ठानले नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा एमएस र एमडी गरेकालाई एक वर्षको जेरियाट्रिकमा फेलोसिप कार्यक्रम सुरु गर्न लागेको बताए । जेष्ठ नागरिक विज्ञ डा. रमेश कडेलले देशका ६१ वटा अस्पतालमा जेरियाट्रिक वार्ड रहेको जानकारी गराउदै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना जेरियाट्रिक विज्ञहरु मध्ये अहिले ३ जना मात्र कार्यरत रहेको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. भरत यादव नेतृत्वको ११ जना विज्ञ रहेको समूहले उक्त पाठ्यक्रम बनाएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा लगायत विज्ञहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?