Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने


 ५ असोज ,काठमाडौं।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ ।

यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि समावेश हुनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

नेपालमा बिस्तारै जेष्ठ नागरिकको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतले उनीहरुको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले बेलैमा त्यसको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए । बस्नेतले भने, ‘ आमाबुबाले सानैमा बच्चालाई बोर्डिङ जिम्मा लगाउने र तिनै आमाबुबालाई छोराछोरीले बुढो भएपछि केयर सेन्टरमा राख्ने परिपाटी हटाउनु आवश्यक छ । ’ मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनमा संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउन सरकार लागि परेको बताए । उनले भने, ‘ चिकित्सा शिक्षा ऐनमा तत्काल संसोधन गर्न नसकिए अवको ५ वर्षपछि डाक्टर र नर्स खोज्न बिदेश जानु पर्ने हुनसक्छ । ’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी पी बिच्छाले देशको जनसंख्याको कुल १० प्रतिसत जेष्ठ नागरिक भएको तथ्यांक सुनाउदै उनीहरुको स्वास्थ्य र हेरचाहका लागि राज्यले दीर्घकालिन नीति आवश्यक रहेको बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकाश लामिछानेले प्रतिष्ठानले नेपालमा पहिलो पटक स्नातकोत्तर तहमा एमएस र एमडी गरेकालाई एक वर्षको जेरियाट्रिकमा फेलोसिप कार्यक्रम सुरु गर्न लागेको बताए । जेष्ठ नागरिक विज्ञ डा. रमेश कडेलले देशका ६१ वटा अस्पतालमा जेरियाट्रिक वार्ड रहेको जानकारी गराउदै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका ८ जना जेरियाट्रिक विज्ञहरु मध्ये अहिले ३ जना मात्र कार्यरत रहेको बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. भरत यादव नेतृत्वको ११ जना विज्ञ रहेको समूहले उक्त पाठ्यक्रम बनाएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा लगायत विज्ञहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?