Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना


९ ,असोज ,काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेलेसंयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे ।

सो अवसरमा अस्पतालका मेडिकल निर्देशक डा बिजुक्छेले क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज होस् भन्ने उद्देश्यले डट्स केन्द्र स्थापना गरिएको बताए ।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा औषधि वितरण गर्दै आएको जानकारी दिए ।

“टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधि वितरण सुरु गर्न लागेको हो, यसले टोखावासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताए । उनले छिट्टै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने बताए ।

यस्तै क्षयरोगको औषधि टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?