Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गृहमन्त्री श्रेष्ठद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन


 ६ असोज ,काठमाडौं।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको सपमान गर्नुभएको छ । कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सवैप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै ध्यान र योगाभ्यासले मानिसमा तनव कम गराउन मद्दत गर्ने बताउनुभयो ।

 

उहाँले ध्यान विज्ञानलाई आत्मसाथ गर्न सकियो भने जीवन उपयोगी हुने उल्लेख गर्नुहुँदै ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रकृया अनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि आज विहान सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गर्नुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरुमा आफुलाई आफैमा अवश्य सन्तुष्टि दिने बताउनुभएको थियो ।

 

कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?