Trending
>>   अमेरिकी फेडरल रिजर्भले ब्याजदर अपरिवर्तित राख्यो >>   लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव >>   इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी फेरि विस्फोट >>   नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरीः खेलकुदमन्त्री चौधरी >>   इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान >>   इरान इजरायल द्वन्द्वको असरः टर्किएले बढायो सीमा सुरक्षा >>   नेपालमा मनसुन र बाढीको जोखिमः जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता >>   इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने >>   गाजामा इजरायली सेनाद्वारा ३७ प्यालेस्टिनीहरू मारिए >>   आज मिति २०८२ साल असार ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल
Logo
५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

गृहमन्त्री श्रेष्ठद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन


 ६ असोज ,काठमाडौं।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको सपमान गर्नुभएको छ । कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सवैप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै ध्यान र योगाभ्यासले मानिसमा तनव कम गराउन मद्दत गर्ने बताउनुभयो ।

 

उहाँले ध्यान विज्ञानलाई आत्मसाथ गर्न सकियो भने जीवन उपयोगी हुने उल्लेख गर्नुहुँदै ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रकृया अनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि आज विहान सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गर्नुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरुमा आफुलाई आफैमा अवश्य सन्तुष्टि दिने बताउनुभएको थियो ।

 

कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?