Trending
>>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

स्वाश्थ्य


बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

ढोरपाटन,बागलुङ। बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पतालमा आउने गरेका छन् भने गाउँ–गाउँमा

राप्ती प्रतिष्ठानमा टोकन प्रणाली सुरु

काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि टोकन प्रणाली सुरु भएको छ । सेवालाई छिटोछरितो र भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो । रिवन काटेर प्रणालीको सुरुवात गर्दै उपकुलपति डा. विकास लामिछानेले सेवालाई व्यवस्थित र छिटोछरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्‍याउने बताएका छन् । उनले अबदेखि बिरामीको

बेनीमा ‘होम डेलीभरी’ शून्य

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

फुङ्लिङ,ताप्लेजुङ। नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिएका छन् । सो जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

चौतारा, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । सो

खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

काठमाडौं। नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । सो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई रहेको छ ।

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

काठमाडौं। केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई

शनिवार बौद्धमा भेगन खाना महोत्सव

काठमाडाैं । अन्य वर्षहरूझैं यो वर्ष पनि काठमाडौंमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ (सन्२०१५) मा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापित स्नेहाज केयरले यो कार्यक्रम संचालन गर्न लागेको हो। स्नेहाज् केयरले

थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा

चितवन। भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ । उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ भने

जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताएका छन् ।

सम्वन्धित समाचारहरु