Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि


काठमाडौं। नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

सो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई रहेको छ । यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए भने ती मध्ये १ जनाको मृत्यु भएको थियो । त्यस्तै, दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।

प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौं जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ । हाल देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन छ भने सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ ।

सो अभियान देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?