Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम


चौतारा, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

सो नगरपालिकाले हालसम्म ‘ख’ वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँच जना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले जानकारी दिइन् ।

त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन् । उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताएका छन्। स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा रु एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका-५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङ बताउँछन् । उनका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ ।

ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरू अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुगेको नगरापालिका स्वास्थ्य संयोजक शिव पुरीको अनुभव रहेको छ । उक्त नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् ।

‘सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होलाजस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम गर्‍यो’, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं ३ का मिलन लामाले भने, ‘जम्मा तीन हजार पाँच सय तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै सहयोग पो हुँदो रहेछ त ।’


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?