Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

शनिवार बौद्धमा भेगन खाना महोत्सव


काठमाडाैं । अन्य वर्षहरूझैं यो वर्ष पनि काठमाडौंमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ (सन्२०१५) मा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापित स्नेहाज केयरले यो कार्यक्रम संचालन गर्न लागेको हो।

स्नेहाज् केयरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्य गर्दै आईरहेको छ। पशुपंक्षीको उपचार, उद्वार तथा पुनर्स्थापनाका साथै सामुदायिक कुकुरको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम संञ्चालन, रेविज रोग उन्मुलनका लागि रेबिजविरुद्ध खोप कार्यक्रम संचालन, बेवारिसे गाईबाच्छाको उद्वार, उपचार, तथा पूनर्स्थापनाका लागि संस्थाले काम गर्दै आइरहेको छ। लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशु प्रति भईरहेको क्रुरता कम गर्नको लागि विभिन्न कार्यक्रम, हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति समेत कार्यक्रमहरू गर्दै आईरहेको छ ।

यस संस्थाले सन् २०१८ देखि वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धि जनचेतना मूलक कार्यक्रमहरू गर्दै आईरहेको छ। यसकार्यक्रम अन्तर्गत विद्यालयहरूमा भिगन आहार र पशु कल्याण तथा मानवतासम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकारसम्बन्धी तालिम संचालन, समुदाय स्तरमा महिलालाई भिगन आहारसम्बन्धि गोष्ठि-तालिम संचालन गर्नेलगायतका काम गर्दै आएको छ।

स्नेहाज केयरले हरेक बर्ष झै, यस बर्ष पनि मिती २०८० फाल्गुण १९ गते (March 2nd, 2024) शनिबारका दिन काठमाडौँको बौद्धअवस्थित उत्पला क्याफे (Utpala Cafe) को प्रांगणमा Vegan food Festival आयोजना गरेको छ। उक्त कार्यक्रमका निम्ति ग्रासरूट मुभमेन्ट इन नेपाल (GRASSROOT MOVEMENT IN NEPAL) र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गरिएको छ भने वृत्तचित्र स्क्रीनिङको प्रायोजकको भूमिका भिगन ट्राभल एसिया (Vegan Travel Asia) र भेज भोयजेज फाउन्डेसन (Veg Voyages Foundation) ले निर्वाह गरेका छ । अन्य कार्यक्रमका निम्ती थ्राइभ फिलान्थ्रोपी (Thrive Philanthropy)ले आर्थिक सहयोग प्रदान गरेको छ। यस कार्यक्रमको उद्देश्य वनस्पतिमा आधारित परिकारहरुको प्रचार प्रसार गर्ने साथ साथै वनस्पतिमा आधारित जिवन शैलीलाई प्रवद्र्धन गर्नु हो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?