Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प


अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताएका छन् ।

भिडियो एक्स–रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि यस्तो समस्या भएपछि सेवाग्राही भिडियो एक्स–रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन् भने भिडियो एक्स–रे सञ्चालन नहुँदा गर्भवती बढी मर्कामा परेका छन् । चिकित्सक आरोग्य खनालले बताए ।

उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी, ल्याब, बीमालगायत सेवाहरु प्रदान हुँदै आएकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दा पनि लाभान्वित हुँदै आएका थिए । जर्नल एकस–रे पनि दक्ष जनशक्तिको अभावमा सोही केन्द्रका कार्यालय सहयोगी रेनुप्रसाद खनालले सञ्चालन गर्दै आएका थियो।

सो तालिमको भरमा सात वर्षदेखि एक्स–रे सञ्चालन गर्दै आएकामा अहिले प्राविधिक समस्याका कारण यो पनि चालाउन नसकिएको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?