Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा


चितवन। भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।

उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ भने बच्चा वार्डमा थालेसिमियाका बिरामीलाई असहज भएको गुनासो आएपछि छुट्टै सेन्टर खोलेको उनले बताएका छन् । नवलपुरकी देवी दराईले छुट्टै डेकेयर सुरु भएपछि सेवा लिन सहज भएको बताएका छन् ।

सो अस्पतालबाट नियमित ५४ जनाले सेवा लिइरहेका छन् । उक्त अस्पतालको बालरोग विभागका प्रमुख डा नारायणबहादुर थापाले थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि गत पुस २४ गतेदेखि सेन्टरबाट सेवा दिन थालिएको बताए ।

थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा सर्ने रोग रहेको भन्दै उनले भने, “यो रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुन्छ ।” निर्माण भएको कोशिका पनि लामो समय रहन नसक्ने हुँदा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने डा थापाको भनाइ रहेको छ ।

यस्ता बिरामीलाई रगतमा आइरन घटाउने औषधि दिनुपर्ने हुन्छ जुन औषधि काठमाडौंमा मात्रै उपलब्ध छ । नेपालमा दर्ता नभएकाले त्यो औषधि नियमित रूपमा नपाइएको डा थापाले जानकारी दिए। डा थापाका अनुसार भरतपुर अस्पतालमा एक सयजना थालेसिमियाका बिरामी दर्ता भएका छन् ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?