Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा


चितवन। भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ ।

उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ भने बच्चा वार्डमा थालेसिमियाका बिरामीलाई असहज भएको गुनासो आएपछि छुट्टै सेन्टर खोलेको उनले बताएका छन् । नवलपुरकी देवी दराईले छुट्टै डेकेयर सुरु भएपछि सेवा लिन सहज भएको बताएका छन् ।

सो अस्पतालबाट नियमित ५४ जनाले सेवा लिइरहेका छन् । उक्त अस्पतालको बालरोग विभागका प्रमुख डा नारायणबहादुर थापाले थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि गत पुस २४ गतेदेखि सेन्टरबाट सेवा दिन थालिएको बताए ।

थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा सर्ने रोग रहेको भन्दै उनले भने, “यो रोगका कारण शरीरमा हेमोग्लोबिन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुन्छ ।” निर्माण भएको कोशिका पनि लामो समय रहन नसक्ने हुँदा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने डा थापाको भनाइ रहेको छ ।

यस्ता बिरामीलाई रगतमा आइरन घटाउने औषधि दिनुपर्ने हुन्छ जुन औषधि काठमाडौंमा मात्रै उपलब्ध छ । नेपालमा दर्ता नभएकाले त्यो औषधि नियमित रूपमा नपाइएको डा थापाले जानकारी दिए। डा थापाका अनुसार भरतपुर अस्पतालमा एक सयजना थालेसिमियाका बिरामी दर्ता भएका छन् ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?