Trending
>>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

स्वाश्थ्य


जमुनाह नाकामा कडाइ

कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि

संसार देख्न पाएपछि…

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । शिविरमा चार सय ५०

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तह स्तरीय समन्वय समिति गठन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा सो अभियान सञ्चालन गरिएको अभियानका झापा संयोजक सन्देश रिजालले बताउनुभयो

लोकाहा औद्योगिक क्षेत्र चर्चामै सीमित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने गरी निर्माण हुने भनिएको उक्त औद्योगिक क्षेत्र निर्माणको कामले हालसम्म ठोस काम भने हुनसकेको छैन । लोकाहामा रहेको करिब एक

अस्पताललाई कम्बल वितरण

जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक

अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गर्नुभयो ।वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री

सम्वन्धित समाचारहरु