Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

त्रिशूली अस्पताल उत्कृष्ट


न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो । “अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, विद्यमान जनशक्ति, अस्पतालको सुशासन तथा पारदर्शितालगायत विज्ञ टोलीको अनुगमनको आधारमा यसवर्ष ९६ प्रतिशत अङ्क प्राप्त भएको छ”, अस्पतालका मेसु डा पाण्डेले भन्नुभयो, “शतप्रतिशत पु¥याउने भए पनि अझै केही सुधार गर्न विज्ञबाट दिएको सुझाव तथा निर्देशनको पालना गरेर आगामी वर्ष उक्त लक्ष्य पूरा गर्नेछौँ ।” यसअघि त्रिशूली अस्पताल आर्थिक वर्ष २०७७/७८ मा ८८ प्रतिशत र २०७८/७९ मा ९४ प्रतिशत अङ्क ल्याएर देशभरमा सर्वोकृष्ट अस्पताल घोषित भएको थियो । विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिएको अस्पतालका अध्यक्ष राजु पण्डितले प्रतिबद्धता जनाउनुभयो । विज्ञ टोलीले अस्पतालको शुक्रबार अनुगमन पश्चात आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो ।

अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डमा यो वर्ष बर्दिया जिल्ला अस्पताल ९५ प्रतिशत अङ्कसहित दोस्रो र धादिङ अस्पताल ९३ प्रतिशत अङ्कसहित तेस्रो भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?