Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

त्रिशूली अस्पताल उत्कृष्ट


न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अङ्कसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनको आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो । “अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, विद्यमान जनशक्ति, अस्पतालको सुशासन तथा पारदर्शितालगायत विज्ञ टोलीको अनुगमनको आधारमा यसवर्ष ९६ प्रतिशत अङ्क प्राप्त भएको छ”, अस्पतालका मेसु डा पाण्डेले भन्नुभयो, “शतप्रतिशत पु¥याउने भए पनि अझै केही सुधार गर्न विज्ञबाट दिएको सुझाव तथा निर्देशनको पालना गरेर आगामी वर्ष उक्त लक्ष्य पूरा गर्नेछौँ ।” यसअघि त्रिशूली अस्पताल आर्थिक वर्ष २०७७/७८ मा ८८ प्रतिशत र २०७८/७९ मा ९४ प्रतिशत अङ्क ल्याएर देशभरमा सर्वोकृष्ट अस्पताल घोषित भएको थियो । विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिएको अस्पतालका अध्यक्ष राजु पण्डितले प्रतिबद्धता जनाउनुभयो । विज्ञ टोलीले अस्पतालको शुक्रबार अनुगमन पश्चात आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो ।

अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डमा यो वर्ष बर्दिया जिल्ला अस्पताल ९५ प्रतिशत अङ्कसहित दोस्रो र धादिङ अस्पताल ९३ प्रतिशत अङ्कसहित तेस्रो भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?