Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

खार्पुनाथलाई स्वास्थ्य सामग्री सहयोग


हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालय हुम्लामार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले भिडियो एक्सरे, स्वाव परीक्षण मेसिन, प्रिन्ट मेसिनलगायतका सामग्री स्वास्थ्य सो गाउँपालिकाका शाखा प्रमुख बलिराज भण्डारीलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामग्री प्राप्त भएसँगै खार्पुनाथ गाउँपालिकाले यसअघि दिँदै आएको स्वास्थ्य सेवामा थप प्रभावकारी हुने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख शाहीले विशेषगरी गर्भवतीको स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरेले सहयोग पुग्ने बताउनुभयो ।

यसअघि भिडियो एक्सरे सेवा लिन सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो । जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधिमैत्री हुँदै गएका छन् ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?