१ चैत, काठमाडाैँ । सरकारले मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ । अब मन्त्री र कर्मचारीहरू अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् । मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अतिआवश्यक अवस्थामा बाहेक
१ चैत, काठमाडाैँ । सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गत माघ १ मा
१ चैत, एजेन्सी। अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी भन्नुभएको छ । सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने र त्यसले घातक परिणाम
१ चैत, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।
१ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर रू एक अर्ब २० करोड २१
१ चैत, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता भएको छ । यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै विप्लवले एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भएको बताउँदै कम्युनिष्टहरु
१ चैत, काठमाडाैँ । अभिनेता पल शाह रूकुम महोत्सवमा सहभागी हुन गएका छन् । उनी बुधबार हेलिकप्टरमा मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन गएको तस्बिर सार्वजनिक गरेका हुन् । उनले बुधबार उक्त तस्बिर सामाजिक सञ्जालमा लेख्दै 'हेलो रूकुम' क्याप्सन राखेका छन् । उनी यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन
१ चैत, काठमाडाैँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको
१ चैत, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व
१ चैत, ताप्लेजुङ । यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडा दसैँ र रामनवमीका