Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन


२९ ,असार,दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे ।

उनले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रुपमा विकास गरिने बताए । साउन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यो जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको प्रतियोगिता हो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख २५ हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने भीमसेन युवा क्लवका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए । त्यस्तै द्वितीय हुनेलाई रु एक लाख १२ हजार दुई सय १० र तृतीय हुनेलाई रु २० हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच हजार दुई सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवनलगायतका जिल्लाबाट टोलीको सहभागिता रहेको छ ।

सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार दुई सय दश र बाघचालतर्फ प्रथम हुनेलाई रु पाँच हजार दुई सय १० नगद प्रदान गरिनेछ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?