Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन


२९ ,असार,दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे ।

उनले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रुपमा विकास गरिने बताए । साउन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यो जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको प्रतियोगिता हो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख २५ हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने भीमसेन युवा क्लवका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए । त्यस्तै द्वितीय हुनेलाई रु एक लाख १२ हजार दुई सय १० र तृतीय हुनेलाई रु २० हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच हजार दुई सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवनलगायतका जिल्लाबाट टोलीको सहभागिता रहेको छ ।

सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार दुई सय दश र बाघचालतर्फ प्रथम हुनेलाई रु पाँच हजार दुई सय १० नगद प्रदान गरिनेछ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?