Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : पौडेल


२९ ,असार ,काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए । “कुनै पनि सन्र्दभमा भ्रष्टाचार स्वीकार्य हँुदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्र्दभमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषय आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए । कार्यक्रम राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताए । “राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छौँ”, उनले भने ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले पछिल्लो समय कर्मचारीको वृद्धिविकास र संस्थाको हितमा राम्रा काम अघि बढाएको बताए । राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाले सरकारबाट जति अनुदान प्राप्त गरिरहेको छ, त्यसको तुलनामा कर्तव्य र जिम्मेवारी अब्बल ढङ्गले पूरा गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागिरक अभिव्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए । यस्तै, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा जोड दिए । युनियन राससका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद मिश्रले प्रेस स्वतन्त्रता, विधिको शासन र श्रमजीवि पत्रकारको हकहितका लागि प्रेस युनियनले स्थापना कालदेखि निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष कालिका खड्का र प्रेस सेन्टर नेपाल रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठले पत्रकारिता क्षेत्रका साझा चुनौतिलाई उठान गर्र्दै समाधानका लागि सबै संस्था एक हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?