Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

क्याम्पसहरूमा तालाबन्दी नगर्न नेविसंघकाे निर्देशन


२९,असार ,काठमाडौँ । विद्यार्थी संघले क्याम्पसहरूमा तालाबन्दी नगर्न आफ्ना तल्लाे तहका निकायलाई निर्देशन दिएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु सभापतिहरू, क्याम्पस र जिल्ला समितिलाई तालाबन्दी नगर्न निर्देशन दिएका हुन् । नेविसंघले देशका सबैभन्दा धेरै क्याम्पसका स्ववियु जितेकाे छ । नेविसंघले स्ववियु घोषणापत्र मा नै लेखेर तालाबन्दीकाे अन्त्य गर्ने घोषणा गरेको थियो । आज नेविसंघ सहित पाँच विद्यार्थी संगठनले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी र हड्ताल नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा सरोकारवालासँग वार्ता र विमर्श गरी समाधान निकाल्नलेबारे सबै विद्यार्थी संगठनले सहमति जनाएका हुन् । साे सहमति स्वागतयाेग्य भन्दै अध्यक्ष शेर्पाले सामाजिक सञजाल फेसबुकमार्फत काेटेश्वरमा जस्तै अन्यत्र पनि सकारात्मक पहल लिन भनेका हुन् । काेटेश्वर क्याम्पसमा नेविसंघका सञ्जय बुढाथाेकी स्ववियु सभापति छन् । काेटेश्वर क्याम्पसमा अब तालाबन्दी नगर्ने ‘हामी विद्यार्थी सङ्गठनहरूका शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्न तत्पर भई आज उप्रान्त कुनै पनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी, सदैवका लागि अन्त्य भएको घोषणा गर्दै यो प्रतिबद्धता विज्ञप्ति जारी गर्दछौं,’– स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?