Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

क्याम्पसहरूमा तालाबन्दी नगर्न नेविसंघकाे निर्देशन


२९,असार ,काठमाडौँ । विद्यार्थी संघले क्याम्पसहरूमा तालाबन्दी नगर्न आफ्ना तल्लाे तहका निकायलाई निर्देशन दिएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु सभापतिहरू, क्याम्पस र जिल्ला समितिलाई तालाबन्दी नगर्न निर्देशन दिएका हुन् । नेविसंघले देशका सबैभन्दा धेरै क्याम्पसका स्ववियु जितेकाे छ । नेविसंघले स्ववियु घोषणापत्र मा नै लेखेर तालाबन्दीकाे अन्त्य गर्ने घोषणा गरेको थियो । आज नेविसंघ सहित पाँच विद्यार्थी संगठनले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी र हड्ताल नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा सरोकारवालासँग वार्ता र विमर्श गरी समाधान निकाल्नलेबारे सबै विद्यार्थी संगठनले सहमति जनाएका हुन् । साे सहमति स्वागतयाेग्य भन्दै अध्यक्ष शेर्पाले सामाजिक सञजाल फेसबुकमार्फत काेटेश्वरमा जस्तै अन्यत्र पनि सकारात्मक पहल लिन भनेका हुन् । काेटेश्वर क्याम्पसमा नेविसंघका सञ्जय बुढाथाेकी स्ववियु सभापति छन् । काेटेश्वर क्याम्पसमा अब तालाबन्दी नगर्ने ‘हामी विद्यार्थी सङ्गठनहरूका शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्न तत्पर भई आज उप्रान्त कुनै पनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी, सदैवका लागि अन्त्य भएको घोषणा गर्दै यो प्रतिबद्धता विज्ञप्ति जारी गर्दछौं,’– स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?