Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

प्रेस युनियन राससमा मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन


२९ ,असार ,काठमाडौँ । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखामा पूर्णप्रसाद मिश्रको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

शाखाको आज यहाँ सम्पन्न चौथो अधिवेशनले मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा चेतबहादुर (सिबी) अधिकारी, रोशा बस्नेत, सचिवमा कमलकुमार बस्नेत, सहसचिवमा उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज विष्ट निर्वाचित भएका छन् । शाखाको अधिवेशनका लागि नेपाली कांग्रेस प्रचार विभागका सदस्य एवं केन्द्रीय प्रतिनिधि इन्द्र रिजाल खटिएका थिए ।

नयाँ कार्यसमिति चयनका लागि राससका वरिष्ठ समाचारदाता राजाराम कार्कीको संयोजकत्वमा वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने र रासस अङ्ग्रेजी शाखाका वरिष्ठ सम्पादक पवित्रा गुरागाईं रहेको निर्वाचन समिति गठन गरिएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?