Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

प्रेस युनियन राससमा मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन


२९ ,असार ,काठमाडौँ । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखामा पूर्णप्रसाद मिश्रको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

शाखाको आज यहाँ सम्पन्न चौथो अधिवेशनले मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा चेतबहादुर (सिबी) अधिकारी, रोशा बस्नेत, सचिवमा कमलकुमार बस्नेत, सहसचिवमा उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज विष्ट निर्वाचित भएका छन् । शाखाको अधिवेशनका लागि नेपाली कांग्रेस प्रचार विभागका सदस्य एवं केन्द्रीय प्रतिनिधि इन्द्र रिजाल खटिएका थिए ।

नयाँ कार्यसमिति चयनका लागि राससका वरिष्ठ समाचारदाता राजाराम कार्कीको संयोजकत्वमा वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने र रासस अङ्ग्रेजी शाखाका वरिष्ठ सम्पादक पवित्रा गुरागाईं रहेको निर्वाचन समिति गठन गरिएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?