Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एकीकृत समाजवादीको सचिवालय बैठकः संगठन सुदृढ अभियानको समीक्षा हुँदै


२९,असार ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा १२ बजेदेखि जारी बैठकमा एक वर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

बैठकमा यो बीचमा कतिपय नेता कार्यकर्ताले पार्टी छोडेकाले उक्त स्थानमा अन्य नेताहरुलाई जिम्मेवारी दिने विषयमा समेत छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

एमालेबाट समाजवादी पार्टी गठन गर्दा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणी जंगलीलगायतले केही समयअघि पार्टी छाडेका थिए । बैठक तीन दिनसम्म चल्ने नेताहरुले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?