Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

सन्दर्भ भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण


२९ ,असार ,काठमाडौँ । नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।

दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उहाँहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो ।

डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त हुनुहुन्छ । प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ ।

यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?