Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सन्दर्भ भानु जयन्ती : वरिष्ठ साहित्यकारद्वयको रथारोहण


२९ ,असार ,काठमाडौँ । नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पु¥याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।

दुई सय १० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा उहाँहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो ।

डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त हुनुहुन्छ । प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ ।

यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?