१६ चैत्र, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको
१६ चैत्र, एजैन्सी । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल
१६ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफ्नो जित हुने दाबी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले आफ्नो जित हुने दाबी गरेका हुन् । सञ्जारकर्मीहरूसँग बोल्दै उनले मङ्सिरको हावाहुरी वैशाखमा
१६ चैत्र, चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताए । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो
१६ चैत्र, ललितपुर । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई
१६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको राजनीतिक सल्लाहकारमा कांग्रेसका नेता सुनिल थापा नियुक्त भएका छन् । उनी कांग्रेसका पूर्वसहमहामन्त्री समेत हुन् । अहिले उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका छन् । उनी गत निर्वाचनमा धनकुटाबाट निर्वाचनमा उठेका थिए । तर, एमालेका राजेन्द्र राईसँग उनी पराजित भएका थिए । राष्ट्रपतिको
१६ चैत्र, पर्सा । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले
१६ चैत्र, ललितपुर । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन
१६ चैत्र, काठमाडाैँ । लोकतान्त्रि समाजवादी पार्टी(लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। १० दलीय गठबन्धनमा रहेको लोसपाको भागमा पनि मन्त्रालय परेसँगै भण्डारी मन्त्री बन्ने भएका हुन् । लोसपाको भागमा श्रम मन्त्रालय परेको बताइएको छ । उनी गत पुस ४ गते भएको निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए ।
१६ चैत्र, लमजुङ । भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु भएको छ । मनाङको नासो गाउँपालिका– २ स्थित खोत्रो भिरबाट खसेर घाइते भएका चिनियाँ पर्यटक झाङ जीको उपचारका क्रममा मृत्यु भएको हो । उनी मर्स्याङ्दी नदीको किनारको भीरबाट करिब २ सय मिटर तल खसेर घाइते भएका थिए । नेपाल प्रहरीले