Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

चियानी नाइजरको नयाँ नेता घोषित


१३ श्रावण, एजेन्सी । नाइजरको प्रेसिडेन्सियल गार्डका नेता जनरल अब्दूरहामाने चियानीलाई ‘नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्ड’ को अध्यक्ष नियुक्त गरिएको सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ ।

देशको रक्षा तथा सुरक्षा बल (एफडीएस)ले बुधबार सरकारी टेलिभिजनमा प्रसारित एक प्रेस विज्ञप्तिमार्फत राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्त गरेको जानकारी गराएको थियो ।

सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको हो । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको र देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।

एफडीएस र नेसनल काउन्सिल फर द सेफगार्ड अफ द होमल्याण्डका सदस्य कर्णेल मेजर अमादोउ अब्द्रामानेले भने, “देशको सुरक्षा स्थितिको निरन्तर खस्कँदो अवस्था, कमजोर आर्थिक र सामाजिक प्रशासनका कारण यो कदम लिइएको हो ।”

अफ्रिकी तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?