Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१३ मंसिर २०८३, आईतवार
१३ मंसिर २०८३, आईतवार

प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह


१३ श्रावण, काठमाडाैँ । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोधसमेत गरेको छ ।

यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको बुझिन आएको मन्त्रालयले बताएको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटक÷भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएरमात्र विदेश जान सरकारले अनुरोध गरेको छ । यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न सबैमा मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ । म्यानमारमा पुगेर बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावास बैँकक तथा याङ्गुनमा सम्पर्क गर्ने गरेको पाइएको छ ।

नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही सङ्ख्यामा नेपालीको उद्धार गरिसकेको र थप नेपालीको उद्धार  गर्ने प्रयास भइरहेको बताएको छ । म्यानमार द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारमा चुनौती हुने गरेको मन्त्रालयले जनाएको छ । उद्धारका लागि कुनै समस्या परेमा नेपाली राजदूतावास बैँकक तथा याङ्गुनको इमेल [email protected] र [email protected] र टेलिफोन नं+66-869915554, +95-1-545880 र +95-1-557168  मा तथा फेसबुक पेज Embassy of Nepal in Bangkok, Embassy of Nepal in Yangon Myanmar मा सम्पर्क गर्न मन्त्रालयले सबैलाई अनुरोध समेत गरेको छ ।

 


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?