Trending
>>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द >>   संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल >>   संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक >>   स्थानीयवासी भन्छन्ः अबको केही वर्षमा हिमाल पहाडी क्षेत्रका बस्ती खाली हुनेछन्
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

महिला विश्वकपमा शानदार कमब्याक गरेको अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै


१३ श्रावण, सिड्नी । अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।

खेलको ३० औँ मिनेटमा लिन्डा मोटालोको गोलबाट दक्षिण अफ्रिकाले अग्रता बनाएको थियो। उनले थेम्बी काट्लानाको पासमा गोल गर्नुभएको हो। खेलको ६६ औँ मिनेटमा काट्लाना आफैँले गोल गरी दक्षिण अफ्रिकालाई २–० ले अगाडि पार्नुभयो। खेलको ७४ औँ मिनेटमा सोफिया ब्रैनले बललाई गोलपोस्टमा माथिल्लो कुनामा छिराएर अर्जेन्टिनालाई खेलमा फर्काइन्। पाँच मिनेटपछि रोमिना नुनेजले हेड गोल गरी खेल बराबर गरिन्।

विश्वकप महिला फुटबलमा दक्षिण अफ्रिकाले पहिलो पटक अङ्क हासिल गरेको हो। सन् २०१९ मा खेलेका तीन खेल र चालु प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकाले हार बेहोरेको थियो तर यस संस्करणमा दक्षिण अफ्रिका बलियो टिमका रूपमा प्रस्तुत भएको छ। स्विडेनविरुद्धको पहिलो खेलमा अग्रता बनाएर पनि दक्षिण अफ्रिका २–१ ले पराजित भएको थियो।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?