Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

निजी विद्यालयका शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब दिन नगरपालिकाको निर्देशन


१३ श्रावण, काठमाडाैँ । शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।

संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्युन तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले शुक्रबाार यहाँ सञ्चालन भइरहेका सवै विद्यालयलाई पत्र पठाएको हो ।

प्रमूख प्रशासकीय अधिकृत प्रविणहाङ योङहाङले हस्ताक्षर गरेको पत्रमा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक सरह तलब सुविधा, उपलव्ध गराउन, ज्येष्ठताका आधारमा ग्रेड बृद्धि गर्न, सञ्चय कोषको व्यस्था गर्न, बिरामी तथा अध्ययन विदाको सुविधा कार्यन्वयन गर्न र उनीहरुको तलब बैंक मार्फत भुक्तानी गर्न भनिएको छ ।

नगरपालिकाको शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३ को उपनियम २ मा सबै संस्थागत विद्यालयहरुले शिक्षक तथा कर्मचारीलाई सरकारी मापदण्डमा पारिश्रमिक, दशै खर्च, लालिमको अवसर, जेष्ठता भत्ता उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यस्तै सोहि नियमावलिको ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम कटाएर सोही बराबरको रकम थप गरि सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने लेखिएको छ ।

फिदिम नगरपालिका भित्र ४ वटा माध्यामिक र ९ वटा आधारभुत गरी १३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?