Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

निजी विद्यालयका शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब दिन नगरपालिकाको निर्देशन


१३ श्रावण, काठमाडाैँ । शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।

संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्युन तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले शुक्रबाार यहाँ सञ्चालन भइरहेका सवै विद्यालयलाई पत्र पठाएको हो ।

प्रमूख प्रशासकीय अधिकृत प्रविणहाङ योङहाङले हस्ताक्षर गरेको पत्रमा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक सरह तलब सुविधा, उपलव्ध गराउन, ज्येष्ठताका आधारमा ग्रेड बृद्धि गर्न, सञ्चय कोषको व्यस्था गर्न, बिरामी तथा अध्ययन विदाको सुविधा कार्यन्वयन गर्न र उनीहरुको तलब बैंक मार्फत भुक्तानी गर्न भनिएको छ ।

नगरपालिकाको शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३ को उपनियम २ मा सबै संस्थागत विद्यालयहरुले शिक्षक तथा कर्मचारीलाई सरकारी मापदण्डमा पारिश्रमिक, दशै खर्च, लालिमको अवसर, जेष्ठता भत्ता उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यस्तै सोहि नियमावलिको ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम कटाएर सोही बराबरको रकम थप गरि सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने लेखिएको छ ।

फिदिम नगरपालिका भित्र ४ वटा माध्यामिक र ९ वटा आधारभुत गरी १३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?