२५ चैत्र, नवलपुर । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ । पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा
२५ चैत्र, काठमाडैँ । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा उनको आफ्नै शब्द, सङ्गीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन् । डेढ दशकअघि नेपाली
२५ चैत्र, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए । “पछिल्लो केही दिनयता
२५ चैत्र, काठमाडौं । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार, यसको प्राज्ञिक उन्नयन एवं आवश्यक नीति निर्माणका लागि सो संस्थानका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विसं २०५१
२५ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडाैँ महानगरमा सडकपेटीमा बनाइएका प्रहरी बिट हटाउन अनुरोध गरेका छन् । शनिबार विभिन्न ठाउँमा फुटपाथ पर्ने ठाउँमा बनाइएका बिटहरूको प्रतिवेदन सार्वजनिक गर्दै उनले आफैले त्यस्ता संरचना हटाउन अनुरोध गरेका हुन् । आफैले नहटाएको अवस्थामा महानगरले त्यस्ता संरचना हटाउने पनि उनले प्रष्ट
२५ चैत्र, एजेन्सी । अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने देखाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमामा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निष्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो जन
२५ चैत्र, पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो । निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गले जोडेको स्थान भए पनि यहाँका
२५ चैत्र, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले माटोलाई ढोगेका हुन् । गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन् । खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयहरू पुगेका थिए
२५ चैत्र, एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ । मारिएका अपराधीहरूको पहिचान भएको र
२५ चैत्र, काठमाडाैँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ ।