Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन कांग्रेसको निर्देशन


२० श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् ।

“कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ”, अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तरुण दलले यस अभियानका लागि सबै जिल्लामा आफ्ना प्रतिनिधि पठाउने उहाँले बताए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?