३० चैत्र, काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत
३० चैत्र, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख
३० चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमाथि अर्को स्टाटस प्रहार गरेका छन् । बिहीबार फेसबुकमार्फत बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस् भन्दै चुनाैतीपूर्ण शब्द प्रहार गरेका हुन् । उनले फसबुकमा लेखेका छन्, 'कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई
३० चैत्र, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने भएका छन् । यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई अबदेखि खल्ती भएको लुगा लगाउन रोक लगाएको हो । त्यस्तै, ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको छ
३० चैत्र, बैतडी । बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् । शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै
३० चैत्र, जनकपुर । जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् । अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो । नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई
३० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ
३० चैत्र, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो
३० चैत्र, एजेन्सी। म्यान्मारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो
३० चैत्र, काठमाडाैँ । नातामा आफ्नै बहिनी पर्नेलाई बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ओम बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार प्रेम लामा भनिने ओम तामाङले नातामा आफ्नै बहिनी पर्नेलाई भारतको दिल्लीमा रहेको वेश्यालमा बेचेको पाइएको