Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

करीब हप्ता दिनपछि शेयर बजार लाग्यो उकालो


२४ श्रावण, काठमाडाैँ । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्ककाे वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह १२ दशमलव १९, विकास बैंक ९४ दशमलव ८५, वित्त ५८ दशमलव ६४, होटल तथा पर्यटन एक सय ८८ दशमलव ५०, जलविद्युत् ६२ दशमलव ४१ र लगानी समूह एक दशमलव २२ अङ्कले बढेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ८५ दशमलव ८७, लघुवित्त ५२ दशमलव २३, व्यापार एक सय दशमलव ७६ र अन्य समूह ४४ दशमलव २७ अङ्कले बढेको छ ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रू १५ करोड ५० लाख २६ हजार दुई सय दुई बराबरको दुई लाख ६६ हजार आठ सय १८ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?