Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

करीब हप्ता दिनपछि शेयर बजार लाग्यो उकालो


२४ श्रावण, काठमाडाैँ । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्ककाे वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह १२ दशमलव १९, विकास बैंक ९४ दशमलव ८५, वित्त ५८ दशमलव ६४, होटल तथा पर्यटन एक सय ८८ दशमलव ५०, जलविद्युत् ६२ दशमलव ४१ र लगानी समूह एक दशमलव २२ अङ्कले बढेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ८५ दशमलव ८७, लघुवित्त ५२ दशमलव २३, व्यापार एक सय दशमलव ७६ र अन्य समूह ४४ दशमलव २७ अङ्कले बढेको छ ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रू १५ करोड ५० लाख २६ हजार दुई सय दुई बराबरको दुई लाख ६६ हजार आठ सय १८ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?