Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू


२४ श्रावण, विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताए ।

पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा गिरिजाप्रसाद कोइरालाको नाममा बत्र लागेको रङ्गशालामा बजेट थोरै भयो भनेर आलोचना नगर्न आग्रह गर्दै मन्त्री लिम्बूले रङ्गशालामा लाग्ने बजेट विनियोजन हुने र रंगशाला बन्ने बताए ।

मन्त्री लिम्बूले भने, “क्रिकेट मैदान, स्वीमिङ पुल, कभर्डहल, फुटबल मैदानसमेत निर्माण गर्ने भएकाले बैजनाथपुरको रङ्गशाला खास किसिमको हुने छ ।” मन्त्री लिम्बूले बैजनाथपुरमा रङ्गशाला बन्दा त्यो क्षेत्रका मानिसको रोजगारी बढ्ने र जमिनको मूल्य बढ्नाका साथै मानिसको जीवन स्तरमा पनि सुधार आउने बताए ।

चीनमा हुने एसियाली खेलकुदमा भाग लिन नेपाली खेलाडीहरु प्रशिक्षणमा रहेको र सबैले आशा गरे जस्तै आफूले पनि त्यहाँबाट खेलाडीले पदक जित्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?