Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एक वर्ष थपियो


२४ श्रावण, चितवन । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ ।

आयोेजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनकाअनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ । “अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ” उनले भने, “हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।”

पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए । “निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ” उनले भने, “त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।” अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार÷पाँचवर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

“अहिले सडक विस्तारको काम गरिरहेको चाइनिज ठेकेदारले काम गर्न नदिए जाने मनसाय बनाएका छन् । ठेक्का तोडेर धरौटी जफत गर्नुभन्दा अरु कारबाही हामी गर्न सक्दैनौँ” उनले भने, “हामीले ठेक्का तोडेको अवस्थामा उनीहरुले विभिन्न कारण देखाएर मुद्दा हाल्ने तयारी गरेका थिए, जसकारण हामीले मुद्दा हार्दा ठूलो क्षति व्यहोर्नुपर्ने थियो ।” निर्माण सामग्री नपाएको, विद्युत्का तार नसारेको, रुख कटानमा ढिला गरेको लगाएका कारण देखाउँदै उनीहरु अदालत जाने तयारी गरेका बेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ ।

निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ ।

“हामीले दुवै खण्डको म्याद दुई वर्ष थप गर्नेगरी कन्सल्टेन्टलाई निवेदन दिएका थियौँ” उनले भने, “कन्सल्टेन्टबाट सिफारिस भएर गएको तीन सय ५० दिन पश्चिम खण्डमा थप भएको छ, पूर्वी खण्डमा तीन सय ३० दिन थप गर्ने सिफरिस भएको छ ।” थपिएको म्याद अनुसार पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २३ जुलाइमा सकिन्छ । थप गरिएको अवधिमा सडक विस्तारको ७५ प्रतिशत काम सम्पन्न हुने सहव्यवस्थापक झाले दाबी गरे ।

“तेस्रो भेरियन्टको कोभिड, समयमा कच्चापदार्थ नपाउनु, विद्युत्का तार सार्न ढिला हुनु, रुख कटान तथा जिम्माको काममा ढिला हुनु लगायतका कारणले काम ढिला भएपछि म्याद थपको माग गरेका हौँ” उनले भने, “अहिले निर्माण सामग्री पर्याप्त रहेको छ, कुनै अवरोध नभएमा काम तीव्र गतिमा अगाडि बढाउन सक्छौँ ।” हाल नारायणगढ बुटवल खण्ड अन्तर्गत पूर्वी खण्डमा १५ किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?