Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचिसहित)


२४ श्रावण, काठमाडाैँ । सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आ.व २०८०–०८१ मा आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

यसैगरी, उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले जनवादी गणतन्त्र चीनको कुनमिङ्ग शहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?