Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

महाधिवेशनको यात्रामा माओवादी


२४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ।

यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयका सम्बन्धमा आज पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग छलफल गर्दै उनले विधान सम्मेलन र विशेष महाधिवशेन गर्ने केन्द्रीय समितिको निर्णय पार्टी जीवनमा कोसेढुङ्गा भएको बताए। उनले भने, ‘केन्द्रीय समितिको बैठकले पार्टीलाई व्यवस्थित र क्रान्तिकारी बनाउन सर्वाधिक महत्वपूर्ण निर्णय लिएको छ।’

माओवादीले आगामी मङ्सिरमा विधान सम्मेलन गर्नै निर्णय गरेको छ। सम्मेलनमार्फत भद्दा रहेको सङ्गठनिक संरचनालाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई व्यवस्थित बनाउन प्रत्येक कमिटीमा लोकतान्त्रिक पद्दति अनुशरण गर्ने माओवादीको तयारी छ। अहिले माओवादीका साङ्गठनिक संरचना अस्तव्यस्त छन्। केन्द्रदेखि तलसम्मका नेताहरूको जिम्मेवारी स्पष्ट नहुँदा पार्टीका संरचनाले गति लिन नसकेको माओवादीकै स्वीकारोक्ति छ।

प्रवक्ता सापकोटा विधान सम्मेलनले पार्टीमाविधि बसाल्ने र विधिमार्फत पार्टी सुव्यवस्थित ढङ्गले सञ्चालन हुने विश्वास व्यक्त गर्छन्। ‘सङ्गठनात्मक संरचना छरितो बनाउने, पार्टीमा विधि स्थापित गर्ने उद्देश्यका साथ विधान सम्मेलन गर्न लागिएको हो,’ उनले भने।

विधान सम्मेलनले गर्ने निर्णय निकै महत्वपूर्ण हुने उल्लेख गर्दै उनलेसम्मेलनले विधि, पद्दति र प्रक्रियाको टुङ्गो लगाउने जिकिर गरे। ‘पार्टीमा सिस्टम बसेको छैन, सिस्टम बस्यो भने संरचना क्रियाशील हुन्छन्,’ प्रवक्ता सापकोटाले भने, ‘सिस्टम बसाल्ने ध्ययेले सम्मेलन गर्ने निर्णय गरिएको हो।’

केन्द्रीय समिति बैठकमा सदस्यहरूले पार्टी कमिटी अत्यन्त भद्दा हुँदा कामयवी नदेखिएको, केन्द्रदेखि तल्ला कमिटीको संरचना सानो छरितो बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए। केन्द्रीय समितिको भावनाअनुसार विधान सम्मेलनमार्फत दुई अङ्कको केन्द्रीय समिति बनाउने माओवादीको तयारी छ।

विधान सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित र वैचारिक दृष्टिकोणबाट क्रान्तिकारी बनाउन विशेष महाधिवशेन गर्न लागिएको प्रवक्ता सापकोटाको भनाइ छ।

भदौ १५ देखि तीन महिने रूपान्तरण अभियान
माओवादीले पार्टीलाई जनतासँग जोड्नका लागि आगामी भदौ १६ गतेदेखि देशभर एकसाथ रूपान्तरण विशेष अभियान सञ्चालन गर्ने प्रवक्ता सापकोटाले बताए। ‘भदौ १५ सम्म हामी सम्पूर्ण रूपले तयारी गर्छौँ, तयारीका क्रममा बैठक, भेला, प्रशिक्षण र अन्तरक्रिया हुनेछ,’ उनले भने, ‘अहिले तयारी बैठक सुरु भइसकेका छन्, धमाधम सात भौगोलिक र तीन गैरभौगोलिक गरी दश प्रदेश समितिका बैठक चलिरहेका छन्।’

अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै नेता छ हजार सात सय ४३ वटै वडामा खटिने माओवादीले जनाएको छ। अध्यक्ष दाहाल सात प्रदेशका एक/एकवटा वडामा अभियान लिएर जाने प्रवक्ता सापकोटाले जानकारी दिए।

‘अभियानका क्रममा पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सांस्कृतिकरुपमा पुनर्गठन गर्छौं,’ उनले भने।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?