१९ ,कात्तिक ,काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो । उपत्यकास्थित सशस्त्र प्रहरी बल
१९ ,कात्तिक ,काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । “यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उल्लेख गरेर पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल
काठमाडौं। प्रेस काउन्सिल नेपालले प्राकृतिक विपदका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले
काठमाडौं। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । उक्त
काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् । आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति रहेको
काठमाडौं। नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । उक्त सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा
काठमाडौं। नेपाली कांग्रेसले गएराति केआईसिंह राजमार्गमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । गएराति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जीप गएराति केआइसिंह राजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएको थियो । त्यस्तै कांग्रेसले आज एक शोक विज्ञप्ति जारी गर्दै सो घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक
चितवन। भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रू एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू एक करोड जम्मा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् । उक्त त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गोरखा। गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । यसवर्षको