Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु


काठमाडौं। मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ ।

शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो भने शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उहाँको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्ने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गर्नुभएको योगदान अविस्मरणीय भएको बताएकी छन् ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ रहेको थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । त्यस्तै, सात दिन शहीद सप्ताह मनाइए पछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

लामो समयदेखि शहीदको योगदानको कदर गर्र्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?