Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु


काठमाडौं। मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ ।

शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो भने शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उहाँको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्ने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गर्नुभएको योगदान अविस्मरणीय भएको बताएकी छन् ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ रहेको थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । त्यस्तै, सात दिन शहीद सप्ताह मनाइए पछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

लामो समयदेखि शहीदको योगदानको कदर गर्र्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?