Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु


काठमाडौं। ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु भएको छ । बम्जनविरुद्ध सर्लाही प्रहरीमा किशोरीले बालयौन शोषणको जाहेरी दिएकी थिइन् । रौतहटबाट सिन्धुलीको डकाहा जाँदै गरेका ती किशोरीका बुवा सवार बा.५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

भिमानतर्फ जाँदै गरेको प्रदेश–२–०४–००१ ट–००१० नम्बरको ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन् ।

त्यस्तै, किशोरीका बुवा सँगै आएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकलाई पनि ट्याक्टरले ठक्कर दिएको छ । सो मोटरसाइकलका चालक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

बम्जन मङ्गलवार साँझ काठमाडौंको हात्तिगौंडाबाट पक्राउ परेका हुन् । अहिले उनी मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय महोत्तरीमा थुनामा छन् ।

 

 

 


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?