Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक छ: प्रविधिमन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताएकी छन् । आगामी १६औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे आज मन्त्रालयमा भएको छलफलमा उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकोमा जोड दिइन् ।

मन्त्री शर्माले मन्त्रालयलमातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह समेत गरेकी छन् । उनले आजको युगमा सूचना र प्रविधि हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता औँल्याएकी छन्। मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने भन्दै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्ने बताइन् ।

उक्त कार्यक्रममा मन्त्रालयलका सचिव रामकृष्ण सुवेदीले सोह्रौँ योजना आगामी पाँच वर्षसम्म मुलुक रुपान्तरणका लागि मार्गनिर्देशन भएकाले सोहीअनुसार कुनै पनि विषय नछुटने गरी समावेश गर्नका लागि लाग्न मातहतका निकायलाई निर्देशन दिए । उनले योजनामा लक्षित कार्यक्रम समावेश गर्ने सन्दर्भमा मातहतका निकायलाई मन्त्रालयले समाधानका लागि गर्नुपर्ने आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा मन्त्रालयका उच्च कर्मचारीका साथै मातहतका निकायका प्रमुख र पदाधिकारीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?