Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सर्वोत्तमको सिमेन्टको आईपीओ भर्ने म्याद थप


काठमाडौं। सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ । प्रभावित स्थानीयको कोटामा ९ लाख ३० हजार कित्ता सेयर छुट्याइको थियो, तर पर्याप्त मात्रामा आवेदन नपरेपछि माघ २५ गतेसम्मका लागि आवेदन भर्ने म्याद थप गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

त्यस्तै, यसअघि माघ १० गतेसम्म समय तोकिएको थियो भने वैदेशिक रोजगारमा रहेकाहरूबाट भने पर्याप्त आवेदन परेको छ । प्रभावित स्थानीयका लागि राखिएको ३ वर्षको लकइन अवधि पनि आईपीओ नबिक्नुको मुख्य कारक बन्ने गरेको छ। बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा कायम भएको छ भने न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै, उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका वडा नम्बरहरू ३,४,५,६,११ र १३ का स्थानीयले आईपीओमा आवेदन दिन पाउने छन् भने खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।

पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३,४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ गाउँपालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?