Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सर्वोत्तमको सिमेन्टको आईपीओ भर्ने म्याद थप


काठमाडौं। सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ । प्रभावित स्थानीयको कोटामा ९ लाख ३० हजार कित्ता सेयर छुट्याइको थियो, तर पर्याप्त मात्रामा आवेदन नपरेपछि माघ २५ गतेसम्मका लागि आवेदन भर्ने म्याद थप गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

त्यस्तै, यसअघि माघ १० गतेसम्म समय तोकिएको थियो भने वैदेशिक रोजगारमा रहेकाहरूबाट भने पर्याप्त आवेदन परेको छ । प्रभावित स्थानीयका लागि राखिएको ३ वर्षको लकइन अवधि पनि आईपीओ नबिक्नुको मुख्य कारक बन्ने गरेको छ। बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा कायम भएको छ भने न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै, उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका वडा नम्बरहरू ३,४,५,६,११ र १३ का स्थानीयले आईपीओमा आवेदन दिन पाउने छन् भने खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।

पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३,४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ गाउँपालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?