काठमाडाैं। प्रहरी कुटाईबाट एक जना स्थानीयको निधन भएपछि धनुषाको हँसपुर-५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् । त्यस्तै, घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन् । दुवैको
काठमाडाैं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो । उच्च शिक्षामा देखिएका चुनौतीलाई सम्बोधन गर्न ल्याइएको उक्त अवधारणालाई विज्ञहरूले सकारात्मकरुपमा लिए पनि
काठमाडाैं। कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ । गत साउनमा पानी जहाज निर्माणसम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यस
सुनसरी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन छिट्टै आउन लागेको बताएका छन् । कार्यकाल एक वर्ष पूरा गरेकाले अब केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको उनले बताएका छन् । विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमार्फत मुलुक समृद्धिको मार्गमा अघि बढेको बताएका छन् । सुनसरीको इनरुवामा आयोजना गरिएको चार सय केभी क्षमताको सवस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा पाँच सय मेगावाटभन्दा
वालिङ,स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरे सँगै यहाँका किसान लाभान्वित भएका छन् । नगरपालिकाका ११ वटै वडाका गाउँ-गाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिएका हुन् । उक्त नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको
काठमाडाैं। नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन ९ (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५औँ पोखरा सडक महोत्सव हुन लागेको हो । त्यस्तै, रेवान पोखराले आज
मन्थली,रामेछाप। रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । त्यस्तै, अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको र रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा
काठमाडाैं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । पदाधिकारी बैठकपछि संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नको लागि सर्कुलर पठाएको हो । सो सर्कुलरमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.-मोर्चाहरूले समूह अनुसार
काठमाडाैं। सभामुख देवराज घिमिरेले, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडाैंमा आयोजित वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले, वैदेशिक सहायतालाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने, आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरू हिसाबले देखिएका पछौटेपनलाई विकास गर्ने हिसाबले प्रयोग गर्न आवश्यक रहेको