Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेपाल र चीनबिचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट गहन बनाउनुपर्छः राप्रपा


काठमाडौं। नेपाल र चीन बिचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जोड दिएको छ ।

त्यस्तै, दुई असल छिमेकी, नेपाल र चीन बिचको ऐतिहासिक, मित्रवत् र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले बताएका छन् । एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु पर्ने राप्रपाका विदेश विभाग प्रमुखसमेत रहेका उनको भनाइ रहेको थियो ।

‘जनता–जनता तहको अन्तरसम्बन्धको एउटा उदाहरण प्रस्तुत गरौँ, काठमाडौं, चितवन र पोखरामा समेत छायाङ्कन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि, धेरै चिनियाँ नागरिकहरूले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ,’ उनले भने ।

सरकार र नेतृत्व तहमा भएका सहमतिलाई व्यवहारमा प्रवर्द्धन गर्न समाजका विभिन्न तहमा अन्तरक्रियाहरू निरन्तर रहनु पर्दछ भन्ने उनको भनाइ रहेको थियो ।

‘दुई छिमेकीबिच जसरी सुख दुखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबिच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ । इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ ,’ उनले भने ।

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?