Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नेपाल र चीनबिचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट गहन बनाउनुपर्छः राप्रपा


काठमाडौं। नेपाल र चीन बिचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जोड दिएको छ ।

त्यस्तै, दुई असल छिमेकी, नेपाल र चीन बिचको ऐतिहासिक, मित्रवत् र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले बताएका छन् । एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु पर्ने राप्रपाका विदेश विभाग प्रमुखसमेत रहेका उनको भनाइ रहेको थियो ।

‘जनता–जनता तहको अन्तरसम्बन्धको एउटा उदाहरण प्रस्तुत गरौँ, काठमाडौं, चितवन र पोखरामा समेत छायाङ्कन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि, धेरै चिनियाँ नागरिकहरूले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ,’ उनले भने ।

सरकार र नेतृत्व तहमा भएका सहमतिलाई व्यवहारमा प्रवर्द्धन गर्न समाजका विभिन्न तहमा अन्तरक्रियाहरू निरन्तर रहनु पर्दछ भन्ने उनको भनाइ रहेको थियो ।

‘दुई छिमेकीबिच जसरी सुख दुखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबिच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ । इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ ,’ उनले भने ।

 


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?