Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भ्रष्टाचारीलाई खबरदारी गर्न काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली


काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारीलाई खबरदारी गर्न भन्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली गर्ने निर्णय गरेको छ । उक्त पार्टीको भन्सार कानुन सुधार समितिकी संयोजक रञ्जु कुमारी साहले जारी गरेको विज्ञप्तिमा यही माघ २० गते काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको उल्लेख छ ।

‘भ्रष्टाचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरूको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही माघ २० गते काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेका छौं । विश्वास छ, यस मोटरसाइकल र्‍यालीले भन्सार लुट्ने भ्रष्टहरू र गैरजिम्मेवार सरकारलाई होसमा ल्याउन सहयोगी हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, भन्सार कानुनमा रहेको केही प्रावधान हटाउन माग गर्दै सो पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएको छ । भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरूपता ल्याउनुपर्ने र भन्सारको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्नुपर्नेलगायतका मागसहित आजपाले दुई चरणको आन्दोलन गरिसकेको छ । उक्त आन्दोलन आज तेस्रो चरणमा प्रवेश गरेको सन्दर्भमा हालका लागि अरु कार्यक्रम स्थगित गरेर माघ २० गते मोटरसाइकल र्‍यालीको कार्यक्रम तय भएको अध्यक्ष प्रभु साहको भनाइ रहेको छ ।

साहले भन्सार लुट विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन भ्रष्टाचारलाई जनकारबाही जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?