Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

भ्रष्टाचारीलाई खबरदारी गर्न काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली


काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भ्रष्टाचारीलाई खबरदारी गर्न भन्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली गर्ने निर्णय गरेको छ । उक्त पार्टीको भन्सार कानुन सुधार समितिकी संयोजक रञ्जु कुमारी साहले जारी गरेको विज्ञप्तिमा यही माघ २० गते काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको उल्लेख छ ।

‘भ्रष्टाचारीलाई निरुत्साहित नगरी हाम्रो मागहरूको सम्बोधन सहज नहुने निष्कर्ष सहित घोषित हाम्रो तेस्रो चरणको सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही माघ २० गते काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेका छौं । विश्वास छ, यस मोटरसाइकल र्‍यालीले भन्सार लुट्ने भ्रष्टहरू र गैरजिम्मेवार सरकारलाई होसमा ल्याउन सहयोगी हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, भन्सार कानुनमा रहेको केही प्रावधान हटाउन माग गर्दै सो पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएको छ । भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरूपता ल्याउनुपर्ने र भन्सारको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्नुपर्नेलगायतका मागसहित आजपाले दुई चरणको आन्दोलन गरिसकेको छ । उक्त आन्दोलन आज तेस्रो चरणमा प्रवेश गरेको सन्दर्भमा हालका लागि अरु कार्यक्रम स्थगित गरेर माघ २० गते मोटरसाइकल र्‍यालीको कार्यक्रम तय भएको अध्यक्ष प्रभु साहको भनाइ रहेको छ ।

साहले भन्सार लुट विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन भ्रष्टाचारलाई जनकारबाही जरुरी रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?