Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राससको सेवालाई सन्तुलित र विश्वसनीय बनाउँदै जानुपर्छ: कार्यकारी अध्यक्ष झा


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस आफ्नो सेवालाई सन्तुलित, विश्वसनीय र भरपर्दो बनाउँदै नागरिकको सूसुचित हुने अधिकारलाई सुनिश्चित गर्न लागेको बताएका छन् ।

रासस कर्मचारी सङ्घको चौथो केन्द्रीय अधिवेशन तथा साधारणसभाको अवसरमा उनले उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै राससको समाचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागेको बताएका छन् ।

कार्यकारी अध्यक्ष झाले संस्था बलियो र विश्वसनीय भएमात्रै यसको गरिमा र महत्व बढ्ने भन्दै त्यसका निम्ति सम्पूर्ण पत्रकार कर्मचारी जिम्मेवापूर्वक लाग्न निर्देशन दिए । “राससको मुख्य दायित्व समाचार सेवा हो, समाचार बढी प्रयोग हुने वातावरण बनेको छ । समाचारको विविधता र गुणस्तर अभिवृद्धि भएको छ । अनौपचारिक समाचार र खोजी समाचारलाई बढी प्राथमिकता दिइएको छ, सेवाग्राहीले पछिल्लो राससको सामग्रीलाई रुचाएका छन् र सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्”, उनले भने ।

त्यसैगरी, कार्यकारी अध्यक्ष झाले राससको सेवालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धिका लागि काम भइरहेको बताउदै । कर्मचारी सङ्घ सङ्गठनसँगको समन्वय र सहकार्यमा संस्थागत सुधार र सेवा सुदृढिकरणमा राससले फड्को उल्लेख गरे ।

राससका महाप्रबन्धक सिद्धराज राईले रासस व्यवस्थापनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाउन लागिपरेको बताए । उनले राससका पत्रकार कर्मचारीको वृत्तिविकासलाई निरन्तर अगाडि बढाइएको, रासस ऐन, विनियमावलीलाई समय सापेक्ष बनाएर लैजान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले राससको श्रीवृद्धिका लागि राससमा क्रियाशील सङ्घ सङ्गठनले रचनात्मक सहयोग गर्दै राससको सेवालाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले रासस व्यवस्थापन र कर्मचारी सङ्गठनबीच समन्वय र सहकार्यका साथ पत्रकार कर्मचारीको वृत्ति विकासका कामलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

सङ्घको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?