Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

देउवाका छोराको बिहे भोजमा फूलमाला, खादा र उपहार लैजान नपाइने


काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदै छ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ भने निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ ।

फागुन २ गते आर्मी अफिसर्स क्लबमा प्रीतिभोजको आयोजना गरिएको छ । उक्त भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई आग्रह समेत गरिएको छ ।

त्यस्तै, २८ वर्षीय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । उनीहरु दुवै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युब च्यानल ‘एसएस’मा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् ।

उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २८ हजार छ । उनले युट्युबमा बिली एलिस, अल्बाट्रस, एड् सिरन, रिहाना, साम स्मिथ, ड्रेक, एलिसिया किज लगायतका गायक र ब्याण्डका चर्चित गीतको कभर गीत पोस्ट गरेकी छन् ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?