काठमाडौं। राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । उक्त निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । त्यस्तै, पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही
काठमाडौं। मधेश प्रदेशका अनिलकुमार शाहले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् । स्पिनर सन्दीप पराजुलीलाई ३१औँ ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिल १०४ बलमा ११ चौका र ३ छक्कासहित १ सय रनमा खेलेका छन् भने
मनाङ। हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । त्यस्तै, हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम
कर्णाली। कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै रु तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो । त्यस्तै, पत्रकार सम्मेलनमा कृषिमन्त्री भीमप्रकाश शर्माले आफूले
म्याग्दी,बेनी। म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख
काठमाडौं। जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख (शनिबार) हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् । सोही कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी
काठमाडौं। मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्त्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन। कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन्। यसबीचमा सरकार गठन, सरकारका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित भए तर गठबन्धन फेरबदल तथा राजनीतिक जोड
काठमाडौं। चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलायसिस सेवा सञ्चालनमा ल्याइने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि-४ थानकोटमा सञ्चालित १५ शय्याको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ । उक्त अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न