Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद् विस्तारको तयारी, दलहरु आन्तरिक छलफलमा


काठमाडौं । सत्ता गठबन्धनका दलहरु आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदलले नेताहरुलाई टुंगो लगाएर सिफारिस गर्ने र नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

यस अघि भएको मन्त्रिपरिषद विस्तारमा नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक-एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए । उनीहरुको मन्त्रालय भने तोकिएको छैन।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?